मङ्लबार, भदौ २५, २०८१

जनतालाई खानेपानी खुवाउन आफैं साभेल चलाउदै कालिन्चोक ७ का वडाअध्यक्ष


कान्तिपथ


कालिन्चोक गाउँपालिकाका एक वडा अध्यक्ष विकास निर्माणको काममा बिना पारिश्रमिक आफै खटिने गरेका छन् । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको समस्या हटाउनको लागि कालिन्चोक ७ का वडा अध्यक्ष राम पाण्डे ‘उदिप’ आफै साभेल बोकेर गिटी, बलुवा, सिमेन्ट मोल्न लागेको तस्बिरले यतिबेला सामाजिक संजालमा व्यापक सकारात्मक टिप्पणी पाएको छ ।

पालिकाको वडा नं ७ मा निर्माण हुँदै गरेको धमिरेखोला भदौरे ठुलाखेत लिफ्ट खानेपानी आयोजनाको निर्माणार्थ लागेको मजदुरसंगै पाण्डे पनि संगै देखिएका हुन् । उनी यो भन्दा अगाडी पनि सोलिङ्ग, सरसफाई लगायत विकास निर्माणको काममा जनतासंगै देखिदै आएका छन् । आफु श्रमिक वर्गको पार्टीको कार्यकर्ता भएकोले श्रम गर्नु आफ्नो लागि सामान्य भएको पाण्डेले बताए । वडा अध्यक्ष पाण्डेका अनुसार उक्त आयोजना १० लाखमा निर्माण भैराखेको हो, जहाँ २५ हजार लिटरको ट्यांकी बन्ने छ ।

जनमुक्ति सेनाका पुर्वकमान्डर पाण्डे माओवादी केन्द्रको बागमती प्रदेश समिति सदस्य तथा गाउँपालिका इन्चार्ज समेत हुन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा उनी वडा अध्यक्षमा अत्यधिक मतले विजयी भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत