शुक्रबार, चैत्र २७, २०८२

घट्यो पेट्रोलियम पदार्थको मूल्य


कान्तिपथ


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ कायम गरिएको छ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका थिए।

पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ घटाइएको जानकारी दिएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत