मङ्लबार, बैशाख १५, २०८३

मोरङ्गमा बाढीको बितण्डा: ३ सय ५९ घर डुबान, एक जनाको शव फेला !


कान्तिपथ


वर्षाका कारण मोरंगमा ३ सय ५० बढि घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार बुधबार बिहानसम्म जिल्लाका विभिन्न स्थानमा गरि ३ सय ६७ वटा घर डुबानमा परेको हो। प्रहरी कार्यालय मोरंगका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार मोरंगको सिंघिया खोलाका कारण ३ सय ५९ वटा घर डुबानमा परेको छ।

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकामा बाढी डुबान हुँदा स्थानीय प्रभावित भएका छन्।

त्यसैगरी, विराटनगर महानगरपालिका ६ मा नालामा एक पुरुषको शव फेला परेको छ। मोरङ प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार मंगलबार राति करिब सवा ११ बजेतिर महानगर ५ का ३० वर्षीय सन्तोष मण्डलको शव नालामा आधा भाग डुबेको अवस्थामा फेला परेको हो। हाल प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा पुर्‍याइएकाे छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत