शनिबार, चैत्र २८, २०८२

लुसुक्क छिराएर करको दर फेर्ने विश्वमै नभएको अनैतिक काम: ओली


कान्तिपथ


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनाधिकृत मान्छेहरूले बजेट निर्माणको काम गरेको भन्‍दै अनैतिक काम भएको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसपालिको बजेट निर्माणमा विश्वमै नभएको अनैतिक काम भएको बताए। बजेटमा के आयो भन्दा पनि कसरी आयो भन्ने विषयमा प्रश्न उठेको ओलीको भनाइ छ।

‘अनाधिकृत मान्छेहरूले बजेट निर्माणको काम गरे। अहिलेसम्म विश्वमै यति अनैतिक काम भएको छैन होला। देशको अर्थतन्त्रका विरूद्ध यस प्रकारका क्रियाकलाप भएका छैनन् होला विश्वमा,’ उनले भने।

नेपालमा यस किसिमले बजेट निर्माण भएको पहिलो घटना भएको ओलीको दाबी छ। ‘यो पहिलो घटना हो। बजेट बनाउने बेला सचिवहरू, अर्थ मन्त्रालयका उच्च कर्मचारीहरू मन्त्रालयमै बस्छन्। त्यहीँ खान्छन्, त्यहीँ बस्छन्,’ उनले भने,‘ त्यहाँबाट बाहिर जान पाउँदैनन्। अझ करका दरहरूका सम्बन्धमा अन्तिम रात जतिबेला फैसला हुन्छ त्यतिबेला कर्मचारी बाहिर जान पाउँदैनन्। किनभने यो सेक्रेसीको मामिला छ। गोप्य कुराहरू लिक हुन सक्छन्। तर यहाँ त बजेटका दर कतिकति राखौं कति कतिकति चाहिन्छ भनेर बजेट बनाइयो। गज्जब छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत