गौमुखी गाउँपालिकाको ठुलाबेसीका दश वर्षका शिशिर केसीलाई खोलाले बगाउदै गर्दा उद्धर गरि बचाउने गौमुखी गाउँपालिका ४ पुजा जाडागाउँका दुई जना बालाकलाई चौतर्फी सहयोग तथा सम्मान तथा पुरुस्कार भैरहेको छ।
गौमुखी मा.वी. ठूलाबेसीमा कक्षा १० मा अध्ययन गर्ने चन्द्र बहादुर सुनार र कक्षा ९ मा अध्ययन गर्ने सुशील सुनारले आफ्नो ज्यानको बाजी थापेर खोलाले बगाई रहेकाे बालकको सकुशल उद्धार गरेका हुन।
ठुलाबेसीका १० बर्षका शिशिर केसीलाई ठुलाबेसीबाट झिमरुक खोलाले बगाउदै गरेको दृश्य देखे पछि सुनार दाजुभाइले करिब छ सय मिटर टाढा सम्म खोलाको भेलमा ज्यान फालेर दौडदै सकुसल उद्धार गरेका हुन्।
उनीहरूले खोलाले बगाएको बालकको पानीले ढाडिएको पेटको तत्काल प्राथमिक उपचार समेत गरेको चन्द्र बहादुर सुनारले बताए ।
विद्यार्थी चन्द्र बहादुर सुनार र सुशील सुनारले गरेकाे यो अनुकरणीय उद्धारको चौतर्फी सम्मान तथा सहयोग भैरहेको छ। उनिहरुलाई प्रसंसा तथा सम्मान सहयोग गर्ने क्रम जारी छ। गौमुखी गाउँपालिका, बराह इङलिस बोर्डिङ स्कुल ठुलाबेसी, विभिन्न संघसस्था तथा ब्यक्ति लगाएतले नगद तथा पुरुस्कार, खादाले सम्मान गरिरहेका छ्न। उनीहरुलाई गाउँलेहरु मिलेर एक लाख सहयोग पनि गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ