बुधबार, फाल्गुन ६, २०८२

‘बलात्कारी’ भन्दै चिच्याउँदा पक्राउ परिन् रोशनी शाही


कान्तिपथ


पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन्। आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध जनाएकी थिइन्।

प्रहरीले उनलाई तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो। उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत