बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले केही दिन अगाडि बाटोमै बच्चा जन्माएकी छन्। वडा नम्बर १ मुक्तिकोटमा एउटा पनि बर्थिङ्ग सेन्टर छैन। त्यसैले सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टा दूरीमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका–२ को माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा पुर्याएका थिए।
स्वास्थ्यचौकीमा कार्यरत अनमी, अहेव कसैको पनि करार म्याद थप नभएपछि स्वास्थ्य चौकी खाली भएको हो। फागुनमा हिमाली गाउँपालिका–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढाले पनि वडा नम्बर १ मा रहेको बर्थिङ सेन्टरमा जाँदै गर्दा बाटोमै बच्चा जन्माएकी थिइन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ