पोप फ्रान्सिसले वृद्ध अवस्थाका कारण आफूले काम ढिलो गर्नुपर्ने वा अवकाश लिने बारेमा सोचिरहेको बताएका छन्।
क्यानडाको छ दिने यात्रापछि संवाददाताहरूसँगको कुराकानीमा उनले अन्तर्राष्ट्रिय यात्राको आफ्नो गति कायम राख्न नसक्ने देखिएकाले अवकाशको बारेमा सोच्नुपर्ने हुनसक्छ भनेका हुन्।
फ्रान्सिसले सन् २०१३ मा आफ्नो असफल स्वास्थ्यको कारण छाडेका र अहिले भ्याटिकन सिटीमा चुपचाप बसिरहेका आफ्ना पूर्ववर्ती बेनेडिक्ट सोह्रौँले बसालेको उदाहरण पछ्याउने सम्भावना उठाएको यो पहिलो पटक भने होइन।
पोपको हैसियतमा रहेका समय सन् २०१४ मा स्वास्थ्य बिग्रिएमा पदबाट हट्ने विचार फ्रान्सिसले संवाददाताहरूसँग बताएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ