सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ