बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्। होटलको कोठा नम्बर १३४ मा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्षका सीताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
युवती खाटमा र पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। महिलाको हत्या गरेर पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आइतबार राती होटलमा बस्न आएका उनीहरू सोमबार बिहान मृत फेला परेका हुन्।
शव पोस्टमार्टका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। आफन्त आएपछि आज शव बुझाइने प्रहरी निरिक्षक घिमिरेले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ