नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई शेखर कोइराला समूहले छुट्टै बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।
सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।
लगत्तै बुधबार बिहान कोइराला समूहले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै चियापान तथा बधाई कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा संस्थापन इतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख र जिसस प्रमुख–उपप्रमुख सहभागी छन्। अहिले चियापान कार्यक्रम आयोजना भइरहेको छ। कोइराला पनि चियापानमा सहभागी हुन पुगेका छन्।