बेलायतमा नर्स लैजानको लागि भोलि (सोमबार) सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको हो।
केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि भोलि मन्त्रालयमा सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।
पछिल्लो समय सरकार नेपालबाट दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको लागि नयाँ नयाँ गन्तव्यको खोजीमा जुटेको छ। सरकारले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।
मन्त्रालयका अनुसार छनोट भएका नर्सले बेलायत गएपछि त्यहाँको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण भने गर्नुपर्नेछ। यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रूपमा रोजगारी भने सुनिश्चित हुनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ