बुटवलको होली क्यालभरी चर्चमा पास्टरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको छ ।
चर्चका पास्टर राजेन्द्र गोतामेले एक मृत्यु भएकी महिलालाई जिवित गराएको देखाइएको छ । प्रशासनको आदेशपछि ईप्रका बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता श्याम अर्यालले बताए ।
भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । ‘सयवटा धामीले पनि निको नभएको, पाँच/छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ