स्याङ्जाको पुतलीबजार नगरपालिका ०३ बाढखोलामा अबैध रुपमा माछा मारेको भन्दै प्रहरीले दश जनालाई पक्राउ गरेको छ । सोमबार ब्याट्री, मोटरमा जोडी करेण्ट प्रवाह गरी माछा मारिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जा पुतली बजार नगरपालिका वडान ३ बस्ने समिर हुसेन मियाँ, अनुर मियाँ, सलामत मियाँ, समिम अली, मनुरदिन अली रहेका छन् । त्यस्तै अन्य पक्राउ पर्नेमा विरूवा गायँपालिका ३ का चुनबहादुर थापा, रिशमबहादुर थापा, थामबहादुर थापा र यामबबहादु थापालाई पक्रा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
उनीहरुबाट माछा मार्न प्रयोग भएका व्याट्री, मोटर जस्ता सरसामानहरू समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई जलचर संरक्षण ऐन विपरितको कसूरमा कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पठाईएको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ