बिहिबार, अशोज २०, २०७९

नागरिकता दिंदा सम्बन्ध टिक्छ कि टिक्दैन हेर्नुपर्छ : खड्ग ओली


कान्तिपथ


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताए ।

“वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्‍यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन,” ओलीले भने, “केका लागि ? नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरेको छ कि ? यस्तो कुराहरू हेर्नुपर्छ ।”

ओलीले आफू प्रधानमन्त्री भएका बेला एउटै पार्टीमा हुँदा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक रोकेको रोक्यै गरेको बताए । अहिले छलफल गर्न नदिई अघि बढेको बताए ।

उनले नेपाली नागरिक र उनका सन्तानले नागरिकताबाट बञ्चित हुन नहुने बताए । नागरिकताको समस्या सही ढंगले समस्या समाधान गर्ने एमालेबाहेक अरू कोही नभएको दाबी गरे । अरूले नागरिकताका नाममा मधेसमा राजनीति मात्रै गर्ने गरेको ओलीको आरोप छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत