आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रचण्डका बदनाम घरबेटी कालोसूचीमा : ३ वर्षसम्म ठेक्का नपाउने !

प्रचण्डका बदनाम घरबेटी कालोसूचीमा : ३ वर्षसम्म ठेक्का नपाउने !


कान्तिपथ


सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप अधिकारीमाथि छ ।

बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । सत्ता र शक्तिको आडमा शैलुङका प्रमुख अधिकारीले ठेक्का हत्याउने, त्यसबापतको पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुललगायत सरकारी/सार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आएका छन् । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ‘घरभेटी’ हुन् । उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ ।

शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कुनै पनि आयोजनाले सिफारिस गरेको ६ महिनाभित्र कालोसूचीमा राख्ने/नराख्ने निर्णय गरिसक्नुपर्छ । शैलुङले लिएका ठेक्का समस्याग्रस्त भएकाले उसलाई फास्ट ट्य्राकमा कालोसूचीमा राखिएको कार्यालय स्रोतले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत