निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका एक सदस्यले बताए।
आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको उनले बताए । समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो । समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि उनले बताए ।