प्रहरीले हिमालयन एयरलाइन्स र जजिरा एयरबाट बिहीबार राती र शुक्रबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जान लागेका ४६ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भिजिट भिसामा दुबई जान हिडेका २३ महिला र २३ पुरुषले बोकेका कागजपत्र शंकास्पद भेटिएपछि उनीहरुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।
विमानस्थल प्रहरीका अनुसार नियन्त्रणमा लिएका २४ जना महिलालाई माइती नेपालमा पठाइएको छ । २२ पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
भिजिट भिसामा विदेश जानेका लागि सरकारले नयाँ कार्यविधि बनाएको छ । अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने गरी गृह मन्त्रालयले नयाँ कार्यविधि स्वीकृत गरेको हो ।
मानव तस्करहरुले ग्रामिण भेगका युवतीहरुलाई आकर्षक रोजगारको प्रलोभनमा भिजिट भिषामा दुबई र त्यहाँबाट अन्य मूलक पठाइरहेका छन् ।