शनिबार, चैत्र १८, २०७९
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • असोज १ गतेदेखि काठमाडौँका सार्वजनिक स्थलमा चुरोट, खैनी, गुट्खा, सुर्ती सेवन निषेध

असोज १ गतेदेखि काठमाडौँका सार्वजनिक स्थलमा चुरोट, खैनी, गुट्खा, सुर्ती सेवन निषेध


कान्तिपथ


काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा असोज १ गतेदेखि धूमपान गर्न नपाइने भएको छ। महानगरपालिकाले भदौ ३० गते सूचना जारी गरी आगामी असोज १ देखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गरेन निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदन महानगरले आग्रह छ।

कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउने जारी गरिएको सूचनाको उल्लंघन गरे सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कारबाही गरिने महानगरले जनाएको छ।

सार्वजनिक स्थलमा धूमपान गरे उक्त व्यक्तिलाई त्यहाँबाट निकाल्ने वा १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ऐनमा प्रावधान छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत