शनिबार, चैत्र १८, २०७९

चाेलेन्द्र आउने खबरले सर्वाेच्च तरंगित : सुरक्षामा कडाई


कान्तिपथ


सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फर्कने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ। अहिले अदालत परिसरमा नेपाल प्रहरी तैनाथ गरिएको छ।

चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन कामु रजिष्ट्रारलाई शनिबार नै सूचना दिइसकेका थिए। सोही अनुसार आज सर्वोच्च जाने तयारीमा राणा रहेका छन्।

सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बताएको छ। जबराले सर्वाेच्च फर्किने तयारी गरेपछि नेपाल बारले अवराेध गर्ने निर्णय गरिसकेकाे छ । ‘निलम्बनकाे अवस्थामा उहाँले सर्वाेच्च फर्किन मिल्दै मिल्दैन’, बारका अध्यक्ष गाेपालकृष्ण घिमिरेले भने, ‘बारले अवराेध गर्छ । गेटबाटै भित्र छिर्न दिँदैन ।’

गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए । त्यससँगै उनी निलम्बनमा परेका थिए । प्रतिनिधिसभाकाे कार्यकाल शनिबार रातिदेखि सकिएकाे छ । कार्यकाल सकिएकाेले संसद्‌मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमाेजिम महाभियोग पनि निष्क्रिय हुने राणा पक्षधरको जिकिर छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत