मङ्लबार, अशोज ११, २०७९

पुर्व राष्ट्रपति यादवले मागे सम्धिनीको राजिनामा !


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको यो कदम संविधानको प्रावधान विपरीत भएको भन्दै आलोचना भइरहेको छ।

पुर्व राष्ट्रपति रामवरण यादव भने सेतोपाटीलाई दिएको अन्तर्वार्तामा वर्तमान राष्ट्रपतिको राजिनामा मागेका छन् । राष्ट्रपतिको अबको विकल्प के हो? भन्ने प्रश्नमा उनी भन्छन, ‘राष्ट्रको अभिभावक र संविधानको संरक्षकका रुपमा उहाँले संविधान पालना गर्नुपर्थ्यो। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार उहाँ चल्नुपर्थ्यो। उहाँले आफ्नो परिधिभित्र रहेर कार्यसम्पादन गर्दा संविधान र लोकतन्त्र दुबै सुदृढ हुने थियो। सार्वभौम संसदको निर्णयविरुद्ध गएर उहाँले शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन संविधान पनि मिच्नुभयो।

राष्ट्रपति संस्था गरिमामय र मर्यादित संस्था हो। त्यहाँ बसेपछि संवैधानिक कर्तव्यको पालना गर्नैपर्छ। संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्थ्यो। अहिले संसद छैन, त्यसले उहाँको लागि विकल्प भनेको राजीनामा हो। मुलुकको सार्वभौम जनताका प्रतिनिधिले बनाएको संविधानलाई एउटा कुनै व्यक्तिले क्रस गर्न मिल्दैन। गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुन्छ।’

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारीबीच पारिवारिक सम्बन्ध छ । रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी हुन् । यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे भएको छ ।

रामवरण यादवकी भतिजी तथा कांग्रेस सभासद किरण यादवका कान्छा छोरा अभिषेक यादव र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुशुम बीच केहि समय पहिले बिहे भएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत