बिहिबार, मंसिर २१, २०८०

पुराना पत्रकार रवीन्द्र मण्डलको निधन


कान्तिपथ


रौतहटका पुराना पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ। ४७ वर्षीय मण्डलको गएराति जिल्ला अस्पताल (गौर) मा निधन भएको हो।

नेपाल पत्रकार महासंघ (रौतहट) का पूर्वसचिव मण्डलले राजधानी दैनिकलगायत थुप्रै सञ्चारमाध्यममा काम गरेका थिए। हाल भने उनी सक्रिय पत्रकारितामा थिएनन्।

रौतहटको दुर्गा भगवती–३ मत्सरी निवासी मण्डल ३ वर्षदेखि बिरामी थिए। तीन वर्षअघि काठमाडौंबाट फर्किने क्रममा बस दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए।

विभिन्न ठाउँमा उपचार गर्दा पनि ठीक नभएपछि उनी केही समययता घरमै थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत