बुधबार, फाल्गुन ९, २०८०

गठबन्धनको सिट बाँडफाँट आजै टुंगो लगाउने गृहकार्य


कान्तिपथ


आसन्न निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे अहिले छलफल भइरहेको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठक निर्णायक हुने नेताहरूले बताएका छन्।

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो।

पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्। निर्णायक भनिएको जारी बैठकले प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाका क्षेत्रबारे सहमति बनाई निर्णय गर्ने बताइएको छ।

गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा कुरा मिल्न बाँकी छ।

अन्य क्षेत्रमा लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए। कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने निश्चित भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत