सोमवार, मंसिर १२, २०७९

बागमतीका मुख्यमन्त्री पाण्डेलाई मातृशोक


कान्तिपथ


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। आमा मनमाया पाण्डेको बिहीबार (१३ असोज) बिहान निधन भएको हो।

कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका सुरेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘भाई कान्छो ‘दिपेन्द्र’ले विहानै ४।१५ वजे फोन गरेर आमा बितेको खवर गर्यो। म भण्डारावाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’ सुरेन्द्रले फेसबुकमा भनेका छन्।

उनी पूर्व निर्धारित कार्यक्रमका लागि चितवनमा रहेका थिए। आमाको निधनको खबरपश्चात चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेको जानकारी गराएका छन्। हेटौडामा रहेका मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं फर्किएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत