आइतवार, चैत्र २२, २०८२

तनहुँबाट बारा झरेका किसानलाई चुनाव कति सहज?


कान्तिपथ


मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ मा दुईजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन्। क्षेत्र नम्बर ४ मा सतारूढ गठबन्धन र नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धन दुवैले पूर्वमन्त्रीलाई टिकट दिएका छन्।

सतारूढ गठबन्धनको तर्फबाट पूर्व श्रममन्त्री किसान श्रेष्ठ उम्मेदवार छन्। त्यस्तै, एमाले–जसपा गठबन्धनबाट पूर्व खेलकुद मन्त्री एकवाल मियाँ उम्मेदवार रहेका छन्।

०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट एकवाल मियाँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। उनी केही दिन पहिलामात्रै एमालेमा प्रवेश गरी उम्मेदवार बनेका हुन्। पूर्वमन्त्री श्रेष्ठ भने तनहुँ क्षेत्र नम्बर १ बाट ०७४ सालमा निर्वाचित भएका थिए। उनले त्यतिबेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए।

सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई सहजता भनेको लोसपाको पकड राम्रो देखिन्छ यो क्षेत्र। लोसपाका मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनल यस क्षेत्रको प्रदेशसभामा उम्मेदवार बनेका कारण गठबन्धनलाई सहज हुने देखिन्छ। सोनल बारा–४ (ख) बाट प्रदेशसभामा उम्मेदवार छन्।

बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता समाजसेवी इच्छाबहादुर वाग्लेले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा गर्दा बारा ४ मा नेकपा एकीकृत समाजवादीको भागमा परेपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत