बुधबार, चैत्र २५, २०८२

४१ हजार पैसा बाडेपछि एमाले उम्मेदवार ऐन महरलाई सोधियो स्पष्टिकरण


कान्तिपथ


नेकपा एमाले बझाङका उम्मेदवार ऐन महरले १५ घण्टाअघि आफ्नो फेसबुकमा लेखेका थिए, ‘ फ्री टिकट फ्री भिसा !माकुने कमरेडको समाजवादी कार्यदिशा ! ! हार्दिक शुभकामना ।’

यही विषयलाई लिएर आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बिहीबार स्पष्टीकरण सोध्यो । तर, संयोग महरले पनि पैसा वितरण गरेको उजुरी आयोगमा परेपछि बिहीबार नै स्पष्टीकरण सोधेको थियो ।

महरले जिल्लास्तरीय खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार भन्दै ४१ हजार दिएको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

‘तपाईंबाट पुरस्कार स्वरुप नगद वितरण भएकोबारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बझाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न महरलाई भनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत