बिहिबार, बैशाख १७, २०८३

टाउकाका नेतालाई भोट नहालौ भन्नेलाई ५ लाख तिराईने !


कान्तिपथ


निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दलका शीर्ष नेताबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न रोक लगाएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले शीर्ष नेताको टाउको जोडेर ‘नो नट अगेन’ लेखेर पोस्ट गरे जरिवाना गरिने चेतावनी दिएको छ।

दलहरुको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा ‘नो नट अगेन’ फेसबूक पेज/ग्रुपहरुबाट उम्मेदवार बनेका दलका नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण/श्रव्यदृश्य सामग्री प्रकाशन भइरहेको प्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता कार्य निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले यस्तो कसूर गरेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद तथा दुवै सजाय हुने चेतावनी दिएको छ। साथै यस्ता फेसबूक पेज तथा ग्रुपहरु तत्काल नहटाइए कानुनअनुसार कारबाही गर्ने आयोगले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत