शनिबार, मंसिर १६, २०८०

बिहेको ७ महिनामा आलियाले जन्माईन छोरी


कान्तिपथ


बलिउड अभिनेता रणविर कपूर र अभिनेत्री आलिया भट्ट मातापिता बनेका छन् । आज आलिया भट्टले बच्चा जन्माएकी हुन् । कपूर परिवारमा एउटी सानी परी आएकी छिन् । आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् ।

आलिया भट्टको प्रसूति एचएन रिलायन्स अस्पतालमा भएको थियो । आलिया र रणवीरको बच्चाको जन्मपछि कपूर परिवार र भट्ट परिवारमा उत्सवको माहोल छ । सबैजना खुशी छन् । दुबै परिवारहरू सानो पाहुनाको लागि उत्सुकतापूर्वक पर्खिरहेका थिए ।

आलिया र रणवीरले यसै वर्षको अप्रिल महिनामा विवाह गरेर सदाका लागि एकअर्काको हात समातेका थिए । विवाहको केही समयपछि यो जोडीले खुसीको खबर दिएर सबैलाई चकित पारेका थिए । आलियाको गर्भावस्थाको खबर सुनेर फ्यानहरु निकै खुसी भएका छन् । त्यसबेलादेखि सबैजना आलिया र रणवीरको बच्चाको जन्मको प्रतिक्षामा थिए र अब त्यो सुन्दर क्षण आएको छ । आलियाले बच्चालाई जन्म दिएकी छिन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत