आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी बिहीबार रहेको छ।
सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले पुनरावेदनको सुनुवाइ बिहीबार रहेको जानकारी दिए। यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेका थिए। सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन्। सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।
सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ