पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ । अघिल्लो साता निकुञ्ज टोलीले पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जैसवालको घरबाट मृत जरायोको सिंहसहितको टाउको र हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा क्षेत्र नं ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी भएका थिए । ७ हजार २८१ मत ल्याई उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अबदुलरहिम अन्सारी ५ हजार ९३० मत ल्याई दोस्रो स्थानमा समेटिएका छन्।
जनता समाजवादी पार्टी सत्ता गठबन्धनमा हुँदा उनले प्रदेशसभा सदस्यमा टिकट पाउने चर्चा थियो ।तर उम्मेदवारीको दुई दिन अघि एमालेसँग जसपाको तालमेल हुदाँ उक्त क्षेत्रबाट एमालेले टिकट पाउने पक्का भयो। र, उनी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउन बाध्य भएका थिए।
पुस ४ गते राति निकुञ्जको नियमित गस्ती गर्नेक्रममा सांसद जैसवालको नाममा रहेको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेर गाडी चोरीतस्करीमा प्रयोग भएको पाइएको थियो ।
निकुञ्जको सुरक्षा टोलीले सुखवा पुर्सौनी गाउँपालिका–१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा–६का ५० वर्षीय दामोदार अधिकारी, धादिङ गंगाजमुना गाउपालिकाका २ का करिब ५२ वर्षीय म्लाङ डोङ तामाङलाई नियन्त्रणमा लिएको हो ।
उक्त घटनामा संलग्न उपेन्द्र यादव, कुमार तामाङ र विकास सहनी फरार रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जको टोलीले काठमाडौं–१७ घर भएका सञ्जिव शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्ड क्रुजर गाडी एक थान, दुईवटा जरायो, १२ बोर नाल १ वटा, नाइट भिजन राइफल स्कोप, ९ थान गोली, टर्च लाइट, बन्दुक राख्ने २ वटा झेला, २ थान आईफोन, मोबाइल फोनलगायतका सामग्रीहरु बरामद गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ