काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट सेल घोटाला प्रकरणमा संलग्नताको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो।
सीआईबीका अनुसार सरकारको स्वामित्वमा रहेको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्ने प्रक्रियामा पाण्डेको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
यसअघि यही प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परिसकेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ