काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुरमा गोली चलाएर एक व्यक्तिलाई पक्राउ गरेको छ।
काठमाडौँको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्दा गोलि चलाईएको हो।
केहि दिन पहिले धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएकोको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ