राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेका छन् । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ । लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुंगो नलागे पनि सरकारमा जाने टुंगो लागिसकेको बताएका थिए । गृहमा वर्षमान पुन लैजाने प्रचण्डको चाहना रहेको बुझिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ