गृहमन्त्री रवि लामिछानेले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रहरी संयन्त्रको बैठक बोलाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए।
सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइएको उनले बताए। राईका अनुसार गृहमन्त्री लामिछानेले जुम बैठक बोलाएका हुन्।
बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ