शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • अर्थ वाणिज्य
  • बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु वित्तीय क्षेत्रको चुनौती : गभर्नर

बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु वित्तीय क्षेत्रको चुनौती : गभर्नर


कान्तिपथ


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै नेपालको वित्तीय क्षेत्रको चुनौतीको विषय रहेको बताउनु भएको छ ।

बैक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विश्वभरमै पर्न सक्ने आर्थिक मन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण विषय हुने बताउनु भयो ।

सिबिफिनको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले संसार मन्दीको वातावरणमा गइरहेको भन्दै नेपालमा पनि केही त्यता मिल्दोजुल्दो विषय देखिएको उल्लेख गर्नु भयो ।

उहाँले नेपालको निर्माण क्षेत्रमा शिथिलता देखिएको त्यसको असर नेपालका अन्य क्षेत्रमा पनि पर्न सक्ने अवस्था रहेकोले सजगता पूर्वक काम गर्न बैक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नु भयो ।

सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धिमा संकुचित भएको भन्दै गभर्नर अधिकारीले सन् २०२३ मा त्यसमा झनै सङ्कुचन आउने प्रक्षेपण रहेको बताउनु भयो ।

मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राखेर वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने उहाँको भनाइ थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत