प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ । आज प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयका प्रमुखहरुको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयमा रहेका एसएसपी दानबहादुर कार्कीलाई प्रहरी परिसर काठमाडौं पठाएको छ ।
ललितपुर प्रहरी प्रमुखमा प्रदेश प्रहरी कार्यालय, रूपन्देहीमा कार्यरत सिद्धिविक्रम शाहको सरुवा भएको छ।। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा डा. मनोजकुमार केसी सरुवा भएका छन्।




देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ