शुक्रबार, चैत्र २७, २०८२

राष्ट्र बैंकले ल्यायो विप्रेषण विनियमावली


कान्तिपथ


काठमाडौं,माघ १४ । नेपाल राष्ट्र बैंकले ‘विप्रेषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय (नियमित गर्ने ) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरिएको विभागले उल्लेख गरेको छ ।

नयाँ नियमावलीसँगै विप्रेषण कम्पनीले पनि सर्वसाधारणमा आईपीओ जारी गर्न सक्ने भएका छन् । विप्रेषण कम्पनीले प्रचलित कानुनी व्यवस्थाको अधिनमा रही पब्लिक लिमिटेड कम्पनीका रूपमा सर्वसाधारणलाई सेयर जारी गर्न सक्ने गरी विनियमावली आएको हो । आजको राजधानी दैनिकबाट



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत