शुक्रबार, जेष्ठ १, २०८३

प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ


कान्तिपथ


धनगढी, माघ १९ गते । ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो । 

‘उहाँ पक्राउ परिसक्नु भएको छ, तर यहाँ होइन, अन्यत्र जिल्ला पक्राउ गरिएको हो’ जोशीले भन्नुभयो । चौधरीलाई बाँकेबाट पक्राउ गरिएको बुझिएको छ । २०६६ भदौ ३ गते ट्रयाक्टरमा आगजनी भएको घटनामा कैलाली जिल्ला अदालतले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई दोषी ठहर गरेको थियो । 

६ महिना कैद र आठ लाख १९ हजार रुपियाँ भराउने अदालतको फैसला छ ।

तीनै जनालाई ६ महिना कैद र आठ लाख १९ हजार रुपियाँ भराउने अदालतको फैसला छ । ट्रयाक्टरधनी मोतीपुरका महादेव बजगाइँले तीनै जनाविरुद्ध उजुरी दर्ता गर्नुभएको थियो । अदालतले गरेको फैसला कार्यान्वयनका लागि सांसद चौधरीलाई पक्राउ गरिएको जनाइएको छ । 

अदालतले दोषी ठहर गरेको चौधरी सजाय भुक्तान नगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत