शुक्रबार, चैत्र २७, २०८२

बैंकहरुले आन्दोलन थाल्ने


कान्तिपथ


उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन्।

संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए।

व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन्। संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए।

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ।

संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए।

संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको लागि सरकार, राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे।

उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाए।

उनले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताए । उनले फागुन ५ गते वृहत ¥यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उत्रिने बताए।

उनले सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे।

उनले बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटविरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पारे। उनले सडक आन्दोलन शान्तिपूर्ण हुने बताए।

उनले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरुको हीतको लागि गर्न लागेको बताए।

उनले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए।

उनले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने बताए। उनले त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी दिए।

उनले सरकारलाई चाबी बुझाएरपछि विदश काम गर्न जान भिसा माग्ने बताए। उनले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्बासी बनाउने अवस्था आएको बताए।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् । न्युज एजेन्सी नेपालबाट



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत