बुधबार, फाल्गुन ६, २०८२

रविना देशराजले गरिन इन्गेजमेन्ट: छोरा बुहारीले दिए बधाई


कान्तिपथ


पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। मंगलबार प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै रविनाले लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’

इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । आफूले इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा फोटो हालेपछि उनलाई धेरैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारी र रविनाका प्रेमीकी छोरीले समेत बधाई दिएका छन् । रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई हानिएकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत