शुक्रबार, चैत्र २७, २०८२

२० लाख भन्दा मुनिको ऋण माफ हुनुपर्छ : दुर्गा प्रसाई


कान्तिपथ


समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दै १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए।

उनका अनुसार देशका व्यवसायीहरु आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेकाे भन्दै व्यवसायीमैत्री वातावरण बनाउन प्रसाईकाे माग छ। आम नागरिकलाई गणतन्त्र नलागेकाे तर व्यापारी र नेताहरुलाई गणतन्त्र लागेकोले उनै दलाल, माफिया सामान्तीहरुले देश सक्ने लागेकाे उनकाे भनाइ छ।

उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए। ‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत व्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’ उनले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत