शुक्रबार, चैत्र २७, २०८२

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट


कान्तिपथ


भक्तपुर- भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।

रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेखिएको पशु विभागका चिकित्सक डा श्रीजा वाग्लेले जानकारी दिनुभयो ।

कुखुरामा बर्डफ्लु भेटिएपछि आज पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका रहेका कुखुरा नष्ट गरिएको छ ।

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत