शनिबार, कार्तिक २४, २०८१

चितवनमा २६ वर्षीय युवाको पेटभित्र रक्सीको बोतल


कान्तिपथ


चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ। चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट बोतल निकालिदिएका छन्।

रौतहटको गुजरा नगरपालिका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो।

पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको बोलत निकालिदिएका हुन्।

मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर त्यसले ठीक भएन। बोतल ठूलाे भएकाले घाँटीबाट नभई मलद्वारबाट छिराइएको पाइएको चिकित्सकले बताएका छन्।

मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो। अस्पतालले तत्कालै पेटको एक्सरे गरायो। रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे। र, उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे।

पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो।

करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेले जानकारी दिए। बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र इन्फेक्सन फैलिसकेको उनले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत