मङ्लबार, भदौ २५, २०८१

प्रहरीमा १३ डिआईजी रिक्त : यी हुन् प्रमुख दाबेदार !


कान्तिपथ


नेपाल प्रहरीमा डीआईजीको रिक्त संख्या १३ पुगेको छ। सोमबार ४ डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेसँगै रिक्त संख्या १३ पुगेको हो। रिक्त डीआईजीका लागि विभिन्न ब्याचका एसएसपीहरु प्रतिस्पर्धामा छन्। २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु अब डीआईजी बन्ने लाइनमा छन्।

वरीयता कायम राख्दै बढुवा गरिए २०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्ने सम्भावना सबैभन्दा बलियो छ। एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्र कुबेर खापुङ यसपटक डीआईजी बन्ने सूचीमा अगाडि छन्।

यसअघि आईजीपी र एआईजीमा सरकारले वरीयता अनुसार बढुवा गरेको थियो। यही कायम रहे यी १० जना डीआईजी हुने पक्का जस्तै छ। यसपछि २०७७ पुसमा ११ एसपी एसएसपीमा बढुवा भएका थिए। उनीहरु मध्येबाट पनि केही डीआईजी बन्ने छन्। अर्जुन चन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोखरेल पनि डीआईजी बढुवाका आकांक्षी हुन्।

यसपछि ८ एसपी एसएसपीमा बढुवा भएका थिए। २०७८ कात्तिक–मंसिरमा एसएसपीमा बढुवा भएकाहरु पनि डीआईजी बन्ने दौडमा छन्। यीमध्ये विकासराज खनाल, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजीका लागि तिब्र दौडमा छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत