मङ्लबार, भदौ २५, २०८१

बारा २ उपेन्द्रलाई बुझाउने माओवादीको तयारी पछि कुशवाहको विद्रोह


कान्तिपथ


नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनी करिब ३ सय मत अन्तरमा जसपाका रामसहाय यादवसँग पराजित भएका कुशवाह बुधबार जनमतमा प्रवेश गरेका हुन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी आन्दोलनमा योगदान गरेका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा समेत गरे ।

रामसहाय उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपचुनाव हुँदैछ । उपेन्द्र यादवलाई चुनाव जिताउँने षडयन्त्र अनुरुप बारा २ मा हतार हतार उपचुनाव गराइएको भन्दै राउतले सप्तरीका जनताले अश्वीकार गरेका यादवलाई बारा २ का जनताले पनि अश्वीकार गर्ने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत