आइतवार, अशोज २७, २०८१

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द


कान्तिपथ


भक्तपुर- सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता भएको थियो । तर आठ पटक म्याद थप गर्दा पनि १५ किलोमिटर लामो सडक सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो । सडक विस्तारको काम सुरु भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रसमेत भत्किएको छ । ठेकेदारले कालोपत्र भनेको बाटो अहिले धुलाम्य र खल्डैखाल्डो रहेको छ ।

२७ करोड रुपैयाँमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर सडक निर्माणको लागत ३१ करोड पुर्‍याइएको थियो । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा सडक निर्माणको ठेक्का लिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत