शुक्रबार, साउन ११, २०८१

व्यवसाय दर्ता तथा नविकरणका लागि घुम्ती टोली संचालन


कान्तिपथ


बारा- निजगढ नगरपालिकाले आम्दानीको स्रोत बढाउन ब्यवसाय दर्ता तथा नविकरण घरघरमै पुगेर गर्न शुरु गरेको छ । आइतबारबाट व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी घुम्ती टोली संचालन गरेर नगरभित्रका व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन दर्ता तथा नवीकरण टोली खटाएको हो ।

कार्यालय प्रमुखदेखि जनप्रतिनिधिहरु समेत घरघरमा पुगेर ब्यबसाय दर्ता तथा नविकरण शुरु गरेका हुन् । घुम्ती शिविरले दुवै पक्षलाई लाभ पुगेको आफ्नै पसलमा नविकरण गरेका स्थानीय ब्यबसायी शंकर तामाङले बताउनुभयो ।

निजगढ नगरपालिका विगतको बाँकी बक्यौता र यसबर्ष ढुङगा गिट्टीको ठेक्का नलागेका कारण आर्थिक संकटमा परेको छ । नगरले व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन शिबिर शुरु गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले बताउनु भएको छ ।

अर्का उद्योगी किशोर नेपालले आर्थिक मारमा रहेका उद्योगीलाई नगरले कर मात्र लिनु भन्दा ब्यबसायीको हकहितमा समेत काम गर्नुपर्ने बताउनुहुन्छ । नगर उद्योग वाणिज्य संघको समेत सहकार्यमा सुरु भएको दर्ता तथा नविकरण अभियान आगामी चैत्र मसान्तसम्म संचालन हुने नगरपालिकाका उपप्रमुख सोममाया थिङले जानकारी दिनुभयो । चैत्र मसान्तभित्र व्यवसाय दर्ता तथा नविकरण गर्दा जरिवाना मिनाहा गरिने समेत कार्यालयले जनाएको छ ।

घुम्ति टोलीमा निजगगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रशासकीय अधिकृत निरौला, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आईतबार सम्पन्न शिविरमा दर्ता भएका ५२ व्यवसायको अनुगमन भएको छ । जसमा ३० वटा कागजपत्र नभएका तथा नविकरण नभएका ब्यबसायीलाई पाँच दिनिभित्र कार्यालयमा आएर नविकरण गर्न पत्राचार गरिएको छ भने १५ वटा नविकरण शिविरमै भएका छन् । दर्ता नभएको एक ब्यवसायलाई नयाँ दर्ता भएको राजस्व प्रमुख दिनेश श्रेष्ठले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत