आफ्ना सांसदले २ करोड घुस मागेको प्रकरणबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बोलाएको केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे बस्नेगरी सारिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
केही केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेकोले बैठक सारिएको उनले बताए । केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ ।
पार्टीबाट समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीलाई बुझाउनु छ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । यसबारे रास्वपाको अनुशासन समितिले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ ।
अनुशासन समितिले बुझाएको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस गरी आवश्यक छलफल र निर्णय लिने तयारीमा रास्वपा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ