बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • गाउँपालिका अध्यक्षको निवासमा प्रेसर कुकर बम फेला, सेनाद्वारा बम निष्कृय

गाउँपालिका अध्यक्षको निवासमा प्रेसर कुकर बम फेला, सेनाद्वारा बम निष्कृय


कान्तिपथ


रुपन्देही- रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निजी निवासमा प्रेसर कुकर बम फेला परेको छ ।

अध्यक्ष घिमिरेको घर रहेको सियारी ४ दयानगर छपियास्थित घरको पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवत्ता डिएसपि श्यामु अर्यालले जानकारी दिनुभयो ।

बिहान पौने १० बजेतीर घर बाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अबस्थामा प्रसेस कुकुर बम देखेको र तुरुन्त प्रहरीमा खबर गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको छ । डिस्पोज गर्दा भित्ता, नजिकै रहेको टिनको टहरामा सामान्य क्षति पुगेको छ । बम कसले र किन राखेको बिषयमा अनुसन्धान शुरु गरिएको डिएसपि अर्यालले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत