मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • बुढानिलकण्ठ प्रभागको सफलता : ठुलो मात्रामा लागुऔषधसहित ३ समातिए

बुढानिलकण्ठ प्रभागको सफलता : ठुलो मात्रामा लागुऔषधसहित ३ समातिए


कान्तिपथ


प्रहरी प्रभाग बुढानिलकण्ठले ठुलो मात्रामा लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं २ बदेलीस्थित वडा क्षेत्रमा केही मानिसहरुले नियन्त्रित लागुऔषध बिक्री बितरण तथा ओसार पसार गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको टोलि सक्रिय भएको प्रभागका इन्स्पेक्टर दिपेन्द्र चन्दले बताए।

सूचना पश्चात तत्काल प्रहरी प्रभाग बुढानिलकण्ठबाट चन्दको नेतृत्वमा खटिएको टोलिले धादिङका सुदर्शन दाहाल, काठमाडौँका संसार सिटौला र प्रबिना शाहीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २०३ एम्पुल डाईजापाम, फेनेरगन २१४ एम्पुल, नुफिन २०२ एम्पुल, निट्राजेपाम ७०९ ट्याब्लेट, ३ वटा मोबाईल फोन र ५० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।

लागु औषधसहित पक्राउमा परेका ब्यक्तिहरु उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भई रहेको चन्दले बताए।

साथै काठमाडौँ प्रहरीले चालिस लाख बैकिङ कसुर मुद्दाका प्रतिवादी प्रदिप श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरेको छ । धनलाल महर्जनको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत